लमही, दाङका चार स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना शुरु भएको छ । रोजगारको नाममा विदेश जानेको सख्यालाई न्यूनीकरण गर्नका लागि यो परियोजना शुरु भएको हो । विदेश जानुपर्ने अवस्था सिर्जना भएमा त्यसलाई सुरक्षित बनाउनका लागि यो कार्यक्रम लागू भएको परियोजनाका कार्यक्रम संयोजक सनत सापकोटाले जानकारी दिए ।
हामी सकेसम्म विदेश पलायनलाई निरुत्साहित गर्छौैं”,उनले भने यदि जाने नै भए त्यसलाई सुरक्षित बनाउने प्रयास गर्छौं ।” उनका अनुसार दाङको तुलसीपुर र घोराही उपमहानगरपालिकाको साथै लमही नगरपालिका र बबई गाउँपालिकामा उक्त कार्यक्रम लागू हुने भएको छ । स्विस सरकारको सहयोगमा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हेल्विटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन सामी परियोजनामार्फत उक्त कार्यक्रम लागू भएको हो ।
दाङ प्रदेश नं ५ का १२ जिल्लामध्ये दाङ दोस्रो नम्बरमा रहेको भन्दै यसलाई न्यूनीकरण गर्न परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ थियो । कार्यक्रममा यसअघि सामी परियोजनाले घोराही आप्रवासी स्रोत केन्द्रबाट रु तीन करोड ४२ लाख पीडकहरुबाट क्षतिपूर्ति भराएर न्याय दिएको थियो भने १५ हजारलाई परामर्श दिएको परियोजनाका पञ्चराम चौधरीले जानकारी दिनुभयो ।