पर्खाल नाघेर बर्दिया कारागारबाट कैदी फरार



बर्दिया ।

बर्दिया कारागारबाट एक कैदी फरार भएका छन्। आइतबार बिहान कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका ठाकुरबाबा नगरपालिका-८ का २७ वर्षीय टोपे भन्ने अजित बुढा क्षेत्री ट्रस्टमाथि रहेको पर्खालबाट हाम फालेर फरार भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हिक्मतबहादुर बोहोराका अनुसार उनी पर्खालबाट हाम फालेर फरार भएको जनाए। २०७१ सालमा ठाकुरबाबा-८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी पक्राउ परेका थिए।

पक्राउपछि बयान दिन जाँदा अदालतबाट फरार बुढाक्षेत्री गत वर्ष पक्राउ परेका थिए। अदालतले उनलाई ३० वर्षको कैदको फैसला गरेको थियो। बुढा क्षेत्रीले एक वर्ष जेल सजाय कटाइ सकेका छन्।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ १७ गते आइतबार