कोहलपुर ।
बाँकेको कोहलपुरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम नगर परिषद बैठक सम्पन्न गरेको छ । शुक्रबार कोहलपुरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको गौरवशाली विगत चुनौती वर्तमान, गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुरुवात भन्ने नाराका साथ प्रथम नगर परिषद बैठक सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक संगठनका राष्टिूय उपाध्यक्ष बद्रे आलम खाँले स्थानीय निकाय शिक्षाका पेशागत घटकहरुसंग सहकार्य गर्न कन्जुस्याई गर्न नहुने बताए । उनले भने, शिक्षक संगठन विद्यालयमा गुणस्तर सुधारमा प्रतिबद्ध रहेको र यसमा स्थानीय सरकारले रचनात्मक सहयोग गर्न आग्रह गरेका हुन् ।
त्यस्तै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षकहरु ठुलो योगदान रहेको बताए । रावतले सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षक बढाउन शिक्षकको महत्वूर्ण भूमिका रहेको उनले जोड दिएका थिए । संगठनका केन्द्रीय सदस्य एकदेव पन्थीले सामुदायिक विद्यालयका शिक्षकलाई गाली गरेर शिक्षामा गुणस्तर नआउने बताए । सामुदायिक विद्यालयहरु पनि निजी विद्यालयहरु भन्दा कम छैनन् । उनले भने,धनीका छोराछारीहरु निजी विद्यालयमा जाने तर गरिबका छोराछोरीहरुलाई विभिन्न चूनौतीका बीच अध्ययन गराउँदा पनि सामुदायिक विद्यालयका शिक्षकलाई जस नदिने गरेको दुखेसो व्यक्त गरे ।
यस्तै कोहलपुर नगर शिक्षा शाखाका प्रमुख अनन्त कुमार पौड्यालले निति, नियम, नेतृत्व राम्रो भयो भने मात्र शिक्षामा गुणस्तरीय बनाउन सकिन्छ तर शैक्षिक हब बनाउने भन्दैमा शैक्षिक हब बन्न नसक्ने बताए । सामूदायिक शिक्षकहरुले योजना माग गर्दा बहुआयामिक भवन निर्माण गर्ने खालको योजना माग गर्ने समेत सुझाव दिए । उनले भने, टिनको छानो, जिर्ण भवन र प्रचण्ड गर्मीमा विद्यार्थीलाई पढाउनु पर्ने भएकोले सामुदायिक शिक्षकहरुलाई निकै पिडा भएको उनको भनाई थियो ।
भखरै सेवा निवृत भएका कोहलपुर नगर इन्चार्ज जित बहादुर थापालाई शिक्षामा महत्वपुर्ण योगदान गरेको भन्दै सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेका अध्यक्ष बामदेव सुवेदी, कोहलपुर नगरका अध्यक्ष विनोद भट्टराई लगायतको उपस्थिति रहेको थियो भने संगठनका सचिव निम प्रकाश थापाले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए









प्रतिक्रिया दिनुहोस्