नगरका वडा, विद्यालय, स्वास्थ्य चौकी अनुगमन



बाँकेको कोहलपुरमा रहेको लुमन्ति आवसका लागि सहयोग संस्थाले दिगो विकास लक्ष्य प्र्राप्तीका लागि खोनेपानी तथा सरसफाई परियोजनाले नगरका सरकारी संस्थाहरुमा अनुगमन गर्ने लागेको छ । कोहलपुर नगरपालिका भित्रका सार्वजानिक विद्यालय, स्वास्थ्थ, वडा कार्यालय लगायतको अनुगमन गर्ने थालिएको हो ।

लुमन्ति आवसका लागि सहयोग कोेहलपुरका संयोजक सुर्य कुमार खड्काका अनुसार हामीले सर्वजानिक संस्थाहरुको खानेपानीको अवस्था र व्यवस्थापन, शौचालयको प्रयोग र व्यवस्थापन, फोहोरमैला व्यवस्थापनको अभ्यास र वातावरण सरसफाई अवस्थाको बारेमा अनुगमन गनेछौं । खड्का भने, शंम्शेरगञ्ज स्वास्थ्य चौकी, बैजनाथपुरमा रहेको गाउँघर स्वास्थ्य किल्नीक, ढोडपूर्वामा रहेको गाउँघर स्वास्थ्य किल्नीक, श्री नेपाल राष्ट्रिय प्रथामिक विद्यालय र कोहलपुर वडा नं. १५ को वडा कार्यालयको पनि अनुगमन गरेको खड्काले बताए ।

त्यस्तै दिगो विकास लक्ष्य प्र्राप्तीका लागि खानेपानी तथा सरसफाई परियोजनाका अधिकृत लाल बहादुर बुढाथोकीका अनुसार हामीले जेष्ठ २८ गते सम्म कोहलपुर नगरपालिका भित्रका सार्वजानिक विद्यालय, स्वास्थ्थ, वडा कार्यालय लगायतको अनुगमन गर्ने बताए । उनले भने अनुगमनका क्रममा कतै शौचालय प्रयोग नभएका पाइयो भने कतै फोहोर व्यवस्थापन गर्नेका लागि डस्विन नै नराखिएको देखिएको छ । अनुगमनमा कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा वातावरण शाखा संयोजक दयाराम विक, कोहलपुर स्वास्थ्य शाखा सिनियर अहेव विद्या सागर मैनाली लगायतको टोलीले अनुगमन गरेको थिए ।

प्रकाशित मिति : २०७६ जेठ २७ गते सोमबार