कोहलपुर ।
नेपाल विद्यार्थी संघ बाँकेले बाँके जिल्लामा विभिन्न आन्दोलनमा ज्यान गुमाएको सहिदको सम्झनामा १७ औ सहिद स्मृति तथा अक्षयकोष स्थापना कार्यक्रम गरेको छ । लोकतन्त्र प्राप्तिका क्रममा आफ्नो ज्यान गुमाउने सहिदद्धय जागेश्वर थारु र चोक बहादुर खत्रीको नाममा अक्षय कोष स्थापना गरिएको हो । सोमबार एक कार्यक्रमका बीच नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव पुर्वमन्त्री एन.पि साउद लगायतका केन्द्रीय नेताहरुले अक्षयकोष स्थापनाको घोषणा गरे ।
उनीहरुको नाममा जिल्लाका दुईवटा विद्यालयमा कोष स्थापना गरिएको छ । थारुको नाममा कोहलपुरमा रहेको श्री राम माध्यामिक विद्यालय र खत्रीको नाममा त्रिभुवन माध्यामिक विद्यालयमा प्रति विद्यालय एक लाख लागतमा सहिद अक्षयकोष स्थापना गरिएाको नेविसंघ बाँकेले जनाएको छ । नेविसंघ बाँके सभापति पुर्ण बहादुर आचार्यका अनुसार सहिदको नाममा शिक्षा लगानी गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो ।
उक्त रकम विद्यालयका जेहेन्दार, विपन्न र असहायको शिक्षा आर्जनमा लगानी गरिने उनको भनाई छ । नेता साउदले सम्बन्धित विद्यालयलाई रु १ लाखको चेक हस्तान्त्रण गरे । कार्यक्रममा सहिद खत्रीका आमा बुवा र थारुका श्रीमतीलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्