नेपालगन्ज ।
नेपाल तरुण दल बाँकेका एक युवाले आफ्नो जन्मदिनको अवसरमा २ लाख रुपैयाँ बराबरको तटबन्ध निर्माण गर्ने घोषणा गरेका छन् । नेपाल तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्काले जन्मदिनको अवसरमा स्थानीय मानखोलामा तटबन्ध निर्माण गरिदिने घोषणा गरेका हुन् ।
बाँके बैजनाथ गाउँपालिकाको वडा नम्बर २ माथिल्लो पितमारीमा तटबन्ध निर्माणको लागी उनले आइतबार जन्मदिनको अवसर पारेर पहिलो चरणमा
१० वटा जाली प्रदान गरे ।
युवा नेता खड्काले तटबन्ध निर्माण गरिने स्थान मानखोला र करेली खोलाको दोभानमा पुगेर जाली टोल सुधार समितीका अध्यक्ष प्रेम बहादुर चन्दलाई प्रदान गरेका थिए ।
‘जन्मदिनको नाममा गरिने फजुल खर्चलाई कटाएर सामाजिक काम खर्च गर्ने निर्णय गरेको हुँ’ उनले भने, ‘खोलाले गरिरहेको कटान रोक्नको लागी मेरो सानो मद्वत मात्र हो ।’ तटबन्ध निर्माणका क्रममा लाग्ने ढुड्गा र मजदुरको खर्च समेत आफै तिर्ने खड्काले बताए ।
अनमोल एन्ड के कन्स्ट्रक्सनका प्रमुख समेत रहेका उनले अन्य कामहरु केही दिनमा नै अगाडि बढाइने जानकारी दिए । ‘तटबन्ध निर्माणको जिम्मा स्थानीय टोल सुधार समितीलाई दिइएको छ’ उनले भने,‘अब आवश्यक पर्ने आर्थिक तथा अन्य सहयोग आफु गर्न तयार छु ।’
टोल सुधार समितीका अध्यक्ष चन्दका अनुसार खड्काले निर्माण गर्ने भनिएको तटबन्ध दुई मिटर लम्बाई, एक मिटर चौडाई र एक मिटर उचाईको रहेको छ ।









प्रतिक्रिया दिनुहोस्