विप्लव माओवादी दुई नेता पक्राउ



सुर्खेत ।

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई नेता सुर्खेतमा पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरीको बिशेष टोलीले मंगलबार भेरीगंगा नगरपालिका ५ भर्लेनीबाट विप्लवका दुई नेतालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भेरी इन्चार्ज बलबहादुर ओली ‘शीतल’ र सुर्खेत जिल्ला इन्चार्ज खड्कबहादुर खड्का ‘यमराज’ रहेका छन् । दुवै जनालाई भर्लेनीमा बैठक बसिरहेको अवस्थामा पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट पार्टीका महत्वपूर्ण पर्चा र आगामी योजनाका दस्तावेज समेत बरामद गरिएको बताएको छ । दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ ८ गते बुधबार