1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

आज प्रदेश ५ को नीति तथा कार्यक्रम संसदमा पेश हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ ८, २०७६  

बुटवल ।

प्रदेश ५ को नीति तथा कार्यक्रम आज बिहीबार संसदमा पेश हुने भएको छ । प्रदेश मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेशसभामा पेश गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीका अनुसार सरकारले प्रदेशको अभिलेख संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको छ । प्रदेश सरकारले प्रदेश ५ प्राइभेट भर्म दर्ता सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयकका सम्वन्धमा तयार गरिएको अवधारणा पत्र र प्रदेश ५, साझेदारी सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयकका सम्वन्धमा तयार गरिएको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ ।

गत बर्ष बुटवलमा संचालन भएको पाँचौं अर्ना खुला दोहोरी गीत प्रतियोगिता तथा सांस्कृतिक महोत्सवका लागि लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीलाई ६ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । अर्को पटकलाई नजीर नबस्ने गरी अनुदान दिने निर्णय गरिएको मन्त्री चौधरीले जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, जेष्ठ ८, २०७६     6:15:27 AM  |