नेपालगन्ज ।
जनमत अद्र्ध साप्ताहिकले अग्नि मोटइन्क प्रा. लि. र ग्रेस एण्ड ग्लोबल टेडिङ्गको सहकार्यमा आइतबार आयोजना गरेको वृहद् रक्तदान कार्यक्रममा ५ जना महिला सहित ४१ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा स्वयम्सेवी रक्तदाता, पत्रकार, व्यवसायी, कर्मचारी लगायतले रक्तदान गरेका थिए । द आर्ट अफ लिभिङका प्रमुख प्रशिक्षक काव्य लम्सालले स्वयम्सेवी रक्तदाता युवा समाजसेवी डिला शाह, पत्रकार काशीराम शर्मा र हरित अभियानका अभियन्ता हेमन्त काफ्लेलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरे ।
जनमतको रजत वर्ष–२०६३ देखि ‘रक्तदान जीवनदान’ को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित ‘त्रैमासिक रक्तदान कार्यक्रम’ को ४२ औं श्रृङ्खलामा रक्तदान गर्ने रक्तदाताहरुलाई द आर्ट अफ लिभिङका प्रमुख प्रशिक्षक काव्य लम्साल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, अग्नि मोटइन्क प्रा.लि.का रिजनल अफिसर विमल यादवले टिसर्ट र प्रशंसा पत्र पनि प्रदान गर्नु भएको जनमत सम्पादक पूर्ण लाल चुकेले जानकारी दिए ।
कार्यक्रम संयोजक पत्रकार पवन जायसवालका अनुसार द आर्ट अफ लिभिङ, बाँकेका अभियन्ताहरुको सक्रिय सहभागिता रहेको सो कार्यक्रममा रक्तदान दिनेहरुमा नियमित रक्तदाता नीरजमान श्रेष्ठ, सरोज रेग्मी, श्वेता बज्राचार्य, अजिता श्रेष्ठ सिंह, दीपज्योति शाही, श्रृष्टी खड्का, सरिता वैश्य, पप्पु कुमार वैश्य, अमित अग्रवाल, शंकर प्रसाद खनाल, दिपेश वैश्य, राजीव पन्थ, गौतम पौडेल, विजय वर्मा, मन बहादुर केसी छन् ।
त्यसैगरि रेडियो कृष्णसारका प्रमोद डि.जी., योगराज चौधरी (योगेश), मेघराज जि.एम., लक्ष्मण कुमार वैश्य, पवन कुमार वैश्य, विनोद कुमार वैश्य, भगवान शरण यादव, सुनिल रत्गैया, सञ्जय बढई, होमराज गिरी, पर्शु राम वर्मा, शेर बहादुर बोहोरा, आशुतोष कुमार गुप्ता, धर्मेन्द्र सिंह, तीर्थ पाखरेल, चन्द्रमणि कँडेल, गोपी प्रसाद मौर्य, सञ्जय बढई, दिपेश परियार, अमित परियार लगायतले रक्तदान गरेका थिए । २०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा हालसम्म करीब २ हजार ६ सय भन्दा बढी संख्यामा स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।
जनमतका कतिपय नियमित रक्तदाताहरु विविध कारणवस उपस्थित हुन नसकेको र रक्तदान गर्ने उच्च अभिलाषा बोकेर आउने कतिपय रक्तदाता उक्त रक्तचाप, न्यून रक्त चाप र औषधि सेवनका कारण करीब दुई दर्जन बढी रक्तदान गर्न नपाई निरास भई फर्कनु परेको कार्यक्रम संयोजक जायसवालले बताए ।









प्रतिक्रिया दिनुहोस्