29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

व्रतभङ्गमाथि समीक्षा तथा अन्तरक्रिया

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख २९, २०७६  

कोहलपुर ।
कथाकार एल बी क्षेत्रीको पछिल्लो कथासङ्ग्रह व्रतभङ्गको एक विशेष कार्यक्रम गरी बाँकेको कोहलपुरमा समीक्षा तथा अन्तरक्रिया सम्पन्न भएको छ । शनिबार हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अधिकांश वक्ताहरुले क्षेत्रीका कथा पारिवारिक र समसामयिक विषयमा आधारित रहेको बताएका थिए ।

समीक्षकहरुले पति पत्नीका पारिवारिक तथा यौनजन्य विषयलाई पनि नलुकाई प्रस्तुत गरिएकाले  पढ्न लायक रहेको बताए । समीक्षक खोपीराम वलीले हाम्रो समाजमा पुरुषप्रधान सोच हावी भएको र त्यसले समाजमा विकास अवरुद्ध भएको कुरालाई क्षेत्रीले देखाएका छन् भन्दै छोटा आकारमा पनि पूर्ण र सार्थक कथा लेख्ने एल.वि.का कथामा आशा, उर्जा र पारिवारिक आत्मीयताको खोजी गरिएको बताए । उनले कथामा केही संरचनागत पक्षमा नवीनता रहेको पनि औल्याए । अर्का समीक्षक हरि सुवेदीले क्षेत्रीका कथामा कथाका प्रचलित सिद्धान्तको पालना गरिनुका साथै नविन सिद्धान्तको संभावना समेत औल्याए ।

कथामा प्रयोग गरिएका भाषा र सिद्धान्तमा मात्र कथाकार अल्झिनु नहुने र हामीले बनाएका शब्दहरु प्रयोग सन्दर्भले स्लिल र अस्लिल हुने बताए । कथाकारका दृष्टिबाट टिप्पणी गर्दै कथाकार सुमित्रा न्यौपानेले क्षेत्रीका कथाहरु समाजका सम्पूर्ण विषयवस्तुलाई खुलस्त रुपले लेखिएका र समाजमा कसैले विश्वास नगरेका पात्रहरु पनि कथामा समेटिएको बताइन् । पाठकीय दृष्टिकोण प्रस्तुत गर्दै लेखक सागर गैरेले अबको २० वर्षपछि क्षेत्रीका कथाहरु अझ महत्वपूर्ण हुने बताए ।

प्रमुख अतिथिको मन्तब्य राख्दै कथाकार तथा निबन्धकार मध्यपश्चिमका अध्यक्ष सृजन लम्सालले क्षेत्रीका कथाहरुले समग्र समाजको प्रतिनिधित्व गरेको बताए । संस्थाका अध्यक्ष महानन्द ढकालले हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले भाषा, साहित्य, कलामा लागेका स्रष्टाहरुका रचनाहरुलाई पाठकहरु समक्ष पुर्याउने निरन्तरता स्वरुप पछिल्लो समय चर्चामा रहेको कथा संग्रह व्रतभंगको समीक्षात्मक कार्यक्रम राखेको बताए । कथाकार क्षेत्रीले आपूmले समाजमा आपूmले देखेका र अनुभव गरेका कुराहरुलाई कथाको विषयवस्तु बनाएको बताउँदै आप्mना कथामा पाठकहरुलाई नढाँटेको बताए ।

संस्थाका सचिव पुष्कर रिजालले संचालन गरेको उक्त कार्यक्रममा प्रलेसका केन्द्रीय सदस्य मणि अर्याल र प्रतिभा साहित्य समाजका अध्यक्ष इन्द्र भण्डारीले शुभकामना मन्तव्य दिएका थिए । बाँके र बर्दियाका झण्डै १२० बढी साहित्यकारहरुको उपस्थिति रहेको कार्यक्रममा पाठकहरुले उठाएका प्रश्नमाथि कथाकार क्षेत्रीले आप्mना धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मितिः आइतवार, बैशाख २९, २०७६     7:39:47 AM  |