8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

मध्यपश्चिम जनसेवा यातायात प्रालीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख २९, २०७६  

डिल्ली शाही, कोहलपुर ।

बाँकेको कोहलपुरमा केन्द्रिय कार्यालय रहेको मध्यपश्चिम जनसेवा यातायात प्रालीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रममा बिच साधारणसभाको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए । ईरिक्सा र अटो पार्किङको लागी नगरपालिकाले सबैसँग सहकार्य र समन्वय गरेर उचित स्थानको छनोट गर्ने उनले बताए । सरकारले तोकेका मापदण्डमा रहेर काम गर्न नगर प्रमुख रावतले यातायात व्यवसायीहरुलाई आग्रह गरे ।

‘कोहलपुरको विकासको प्रमुख आधार यातायात पनी हो’ उनले भने, ‘नगरपालिकाले सक्ने यातायात व्यवसायीका समस्या हल गर्न हामी तयार छौं ।’ अव्यवस्थित सवारी पार्किङका कारण शहर कुरुप देखिने गरेको बताउदै नगर प्रमुख रावतले अब सवारीहरुलाई व्यवस्थित गरिने बताए । मध्यपश्चिम जनसेवा यातायातका अध्यक्ष विश्वराज खनालले सरकारले सबै यातायात व्यवसायीलाई एकै नजरले हेर्नुपर्ने बताए । पैदल रिक्सा, ईरिक्सा हुदै अटोसम्म मानिसहरु आइपुगेको भन्दै उनले यस्ता साना सवारी साधनले स्वरोजगार बन्न मद्वत पु¥याएको दाबी गरे ।

‘कोहलपुरमा क्षेत्रमा अटो पार्किङको समस्या रहेको छ’ अध्यक्ष खनालले भने, ‘साना यातायात व्यवसायीलाई सरकारले दुख दिने काम मात्र गरिहेको छ ।’ ‘सानो पुँजी लगाएर युवाहरु स्वरोजगार बनेका छन्’ उनले भने,‘स्थानीय सरकारले पनी यस्तालाई सम्मान गर्न आवश्यक छ ।’ उनले मध्यपश्चिम जनसेवा यातायातले सामाजिक सेवामा समेत काम गरिरहेको जानकारी दिए । ‘बाँकेका तीन स्थानीय तहमा सर्पले डसेका बिरामीहरुलाई निशुल्क अस्पतालसम्म पु¥याइरहेका छौं’ अध्यक्ष खनालले भने, ‘गत एक बर्षमा मात्र १४ जनालाई प्रालिमा आबद्व अटोले निशुल्क रुपमा अस्पतालसम्म पु¥याएका छन् ।’

कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले अटोले गाउँलाई शहरसँग जोड्न सहज बनाएको बताए । कार्यक्रममा ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमाल, बागेशवरी यातायात समितिका अध्यक्ष मन प्रसाद आचार्य, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ प्रदेश संयोजक टंक प्रसाद बस्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मितिः आइतवार, बैशाख २९, २०७६     7:31:14 AM  |