बाँकेको कोहलपुरमा अत्याधुनिक प्रविधिबाट कंक्रिट उत्पादन गर्न सुरु



कोहलपुर ।

बाँकेको कोहलपुरमा अत्याधुनिक प्रविधिबाट कंक्रिट उत्पादन गर्न सुरु गरिएको छ । कोहलपुर नगरपालिका ८ बाबानगरमा कोहलपुर आरएमसि प्रालीले अत्याधुनिक प्रविधिबाट कंक्रिट उत्पादन गर्न सुरु गरेको हो । कोहलपुर आरएमसिको शनिबार एक कार्यक्रमका बिच कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरे । उक्त समारोहलाई सम्बोधन गर्दै उनले यस्ता आधुनिक उद्योगहरु खुल्नु कोहलपुरको लागी खुसीको कुरा भएको बताए ।

‘विकासको तिव्र गतीमा लम्किरहेको कोहलपुरमा यस्ता अत्याधुनिक प्रविधिको प्रयोगले सहज हुनेछ’ उनले भने, ‘कम्पनीले पनी गुणस्तरीयता कायम राख्नुपर्छ ।’ कोहलपुर आरएमसि प्रालीका अध्यक्ष भिम बहादुर शाहीले भवन, सडक, पुल लगायतका संरचना निर्माणका लागी आवश्यक पर्ने कंक्रिट उत्पादन गरिने जानकारी दिए । ‘आधुनिक र अत्याधुनिक प्रविधिबाट हामी कंक्रिट उत्पादन गर्नेछौं’ उनले भने,‘गुणस्तरमा कुनै सम्झौता हुन दिइने छैन ।’

दक्ष जनशक्ति र भेनस कम्पनीबाट कंक्रिट उत्पादन गरिने कम्पनीले जनाएको छ । उद्घाटन कार्यक्रममा इलाका प्रशासन कार्यालयका प्रमुख दत्तराज हमाल, कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र अधिकारी, कोहलपुर नगर विकास समितीका पुर्व अध्यक्ष लक्ष्मणराज पौडेल, निर्माण व्यवसायी संघका अध्यक्ष टेक बहादुर खड्का, व्यवसायी, सेयर सदस्य लगायतको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ वैशाख २९ गते आइतबार