सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको सिद्धार्थ सनी रिसोर्टमा रहेको एक मात्र सुन्दर स्विमिङ्कमा गर्मिसंगै आन्तरिक पर्यटकहरुको संख्यामा वृद्धि भएको छ ।
प्रदेश न.६ का ग्राहकहरुको चाहना अनुरुप बिषेश प्याकेज सहित स्विमिङ्क संचालन ल्यायको र एकै पटकमा ४० देखी ५० जना सम्मले स्विमिङ्क गर्न सक्ने जनरल म्यानेजर प्रदिप न्यौपानेले जानकारी दिनुभयो ।
सो क्षमता रहेको स्विमिङ्कमा अहिले गर्मि बढेसंगै स्विमिङ्क गर्नेको चाप समेत बढेको र शनिवारमा त ठाउ समेत नहुने स्विमिङ्क क्षेत्रका म्यानेजर बिनोद रोकायले बताउनुभयो । प्रदेशको राजधानी सुर्खेतमा ग्राहकहरुको चाहना अनुसार स्विमिङ्कको सुबिधा समेत ल्याएको न्यौपानेले बताए ।
त्यस्तै अहिले ग्राहकहरुका लागी बिषेश प्याकेज ल्याएको छ जसमा मासिक ४०००, अर्धमासिक २५००, का साथै ५वर्ष देखि १८ वर्ष सम्मका लागी २०० र १८वर्ष देखि माथिकाका लागी ३५० रुपैया कायम गरिएको लेखापाल रवि देवकोटाले जानकारी दिनुभयो ।
त्यस्तै प्रदेशको राजधानी सुर्खेतमा पर्यटन प्रर्वधन गर्नका लागी करिव ६५ लाखको लगानीमा जिल्लाकै ठुलो स्विमिङ्क रहेको होटल शुभमा समेत पुलमा स्विमिङ्क गर्नेको चाप समेत बढेको जनरल म्यानेजर सुरेश ज्ञवालीले जानकारी दिनु भयो १ फिट देखी ६ फिट सम्म गहिराई रहेको स्विमिङ्कमा एक पटकमा ५० देखी ६० जनाले स्विमिङ्क गर्ने क्षमता रहेको समेत ज्ञवालीले जानकारी दिनुभयो । प्रत्येक दिन पानिको पिएच नाप्ने फिल्टरिङ्क गर्ने क्यामिकल हालेर नियमित पानि शुद्धता गर्ने गरिएको र ग्राहकको चाहना लाई मध्य नजर गरी ग्रुप छुट, मासिक छुट समेत गरिएको अपरेशन म्यानेजर दमन शाहले बताउनुभयो ।