बाँकेमा एकैदिन तीन जना फरार अभियुक्त पक्राउ



नेपालगञ्ज ।

फैसला कार्यान्वयन टोलीले बाँकेमा तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको टोलीले डाँका–चोरीमा ६ वर्ष कैद सजाय पाएका एक र लागु औषध मुद्दाका दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको हो।

डुडुवा गाउँपालिका–६, शिखनपुरुवाका ५९ वर्षीय सरनम सिंह सरदारलाई प्रहरीले पक्राउ गरेको हो। उनी डाँका चोरी मुद्दाका फरार अभियुक्त हुन्।

२०७० जेठ १८ गते सरदारलाई अदालतले ६ वर्ष कैद सुनाएको थियो। खजुरा–७, गुनानाका जमाल भाट र कोहलपुर–२ का राजु विक लागु औषध मुद्दाका फरार अभियुक्त हुन्। जमाललाई २०७५ जेठ १८ गते अदालतले १० महिनाको सजाय तोकेको छ।

राजुलाई सोही मितिमा अदालतले ३ महिनाको सजाय सुनाएको थियो।

  • No tags available
प्रकाशित मिति : २०७६ वैशाख २४ गते मंगलबार