नेपालगन्ज इसाइ समाजको अध्यक्षमा डक्ट प्रसाद धिताल चयन भएका छन । संघीय संरचना अनुसार प्रथमपटक नेपालगन्ज इसाइ समाज गठन गरी नयाँ कार्यसमिति चयन गरिएको हो । बाँके इसाइ समाजको उपाध्यक्ष समेत रहेका धिताललाई नेपालगन्ज नगर समितिको अध्यक्षमा चयन गरिएको हो । नगरभित्र रहेका ५० भन्दा बढी चर्चहरुको प्रतिनिधित्व हुनेगरी ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको अध्यक्ष धितालले जानकारी दिए ।
समाजको उपाध्यक्षमा पास्टर डम्बर बहादुर थापा, सचिव चन्द्र बिर सुनार र कोषाध्यक्षमा पाष्टर प्रवचन शाही चयन भएकका छन । त्यसैगरी सदस्यहरुमा राम बहादुर थापा, पाष्टर विवेक दाश, नन्दराम बौडेल, केशव नेपाली, मोहन भट्ट, किरण बिसी, अर्पण रोकायलाई चयन गरिएको छ । नयाँ कार्यसमितिले भेलालाई सफल बनाउने अग्रज सबैलाई धन्यवाद ज्ञापन गरेको छ भने सल्लाहकारमा गोस्पल चर्चका पास्टर केबी बसेल, ज्योति चर्चका पास्टर बेन्जामिन श्रेष्ठ, फुल गोस्पल चर्चका पास्टर लोकबहादुर चौधरी र पास्टर हेमदासलाई मनोनित गरेको छ ।