डिल्ली शाही
शैक्षिक गुणस्तर सुधारका लागि गठन गरिएको समितीले कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतलाई आफ्नो प्रतिवेदन बुझाएको छ । केही महिना अगाडि नगरभित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउने भन्दै नगरपालिकाले अध्ययनको लागि एउटा समिती गठन गरेको थियो । आइतबार नगर प्रमुख रावतलाई शैक्षिक गुणस्तर सुधार समिती संयोजक नारायणी वलीले प्रतिवेदन हस्तान्तरण गरेकी थिइन् । 
नगर भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको अनुगमन गरेर समितीले प्रतिवेदन तयार पारेको हो । समितीले सामुदायिक विद्यालय तर्फ मावि तहका ११ वटा, आधारभुत तहका ६ वटा, प्राथामिक तहका १२ वटा विद्यालयको अनुगमन गरेको थियो ।
त्यसैगरी समितीले संस्थागत ५४ वटा विद्यालयमा अनुगमन गरेको थियो । प्रतिवेदन बुझ्दै नगर प्रमुख रावतले अध्ययन पछि कोहलपुरको शैक्षिक गुणस्तर सुधारको लागि लागु गरिने बताए ।
कोहलपुर नगपालिकाका नगर शिक्षा विज्ञ प्राध्यापक तोयानाथ पहाडिले मूख्य तिन विषयमा प्रतिवेदन तयार गरिएको जानकारी दिए । ‘शैक्षिक गुणस्तर कसरी वृद्वि गर्न सकिन्छ भन्ने उद्वेश्यका साथ प्रशासकिय, भौतिक र शैक्षिक गुणस्तरका बिषयमा प्रतिवेदन तयार पारिएको छ’ उनले भने,‘ फिल्डमा नै गएर प्रतिवेदन तयार पारिएकाले यो शैक्षिक गुणस्तर वृद्विका लागि कोसेढुगा नै सावित हुन्छ ।’









प्रतिक्रिया दिनुहोस्