नेकपा सल्यानको अध्यक्षमा गोविन्द पुन र सचिवमा कर्ण बहादुर बुढा



सल्यान ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् ।

एमालेका तत्कालिन जिल्ला अध्यक्ष गोविन्द पुन संयुक्त पार्टीको अध्यक्ष बनेका छन भने माअोवादी केन्द्रका नेता कर्ण बहादुर बुढा सचिव बनेका छन ।

  • No tags available
प्रकाशित मिति : २०७६ वैशाख ९ गते सोमबार