पौडी खेल्ने क्रममा कोहलपुरका दुई युवक बेपत्ता



 बर्दिया । आइतबार दिउँसो बर्दियाको कर्णाली (गेरुवा) नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई युवक अझै भेटिएका छैनन् ।

बाँके कोहलपुर नगरपालिका निवासी १९ वर्षिय दिपेन्द्र कार्की र कैलालीको लम्की घर भई कोहलपुर बस्दै आएका १९ वर्षीय प्रज्ज्वल कोइराला पौडी खेल्दाखेल्दै आइतबार दिउँसो चार बजेतिर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । नेपालकै लामो पक्की पुल रहेको कोठियाघाटस्थित नदीमा पौडी खेल्ने क्रममा उनीहरु बेपत्ता भएका हुन् ।

दुई जना पौडी खेल्ने क्रममा बेपत्ता भएको सुचना पाए लगत्तै नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले खोजी सुरु गरेको थियो । हिजोदेखि नै सुरक्षाकर्मीहरुले दुई युवकको खोजी गरिरहे पनी अझै भेटिएका छैनन् । ६ जनाको सम्ूहमा घुम्न आएका उनीहरु सबैजना पौडी खेल्दै थिए । सोही क्रममा दुईजना बेपत्ता भएको बर्दिया प्रहरीले जनाएको छ । अहिले पनी उनीहरुको खोजी कार्य जारी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ वैशाख २ गते सोमबार