नेपालगन्ज ।
बाँकेको नेपालगन्जमा एक पुरुषको शवं फेला परेको छ । नेपालगन्ज १० गोसाईगाउँमा आइतबार दिउँसो पुरुषको शवं फेला परेको हो । शवंको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले जानकारी दिए ।
‘पुरुषको कसैले हत्या गरेर फालेको पनी हुनसक्छ’ उनले भने, ‘अहिले हामी अनुसन्धानको चरण नै छौं केही दिनमा सबै कुरा बाहिर आउछ ।’ एसपी पौडेलका अनुसार अन्दाजी ४५, ५० बर्षका मधेशी मुलका पुरुषको शवं फेला परेको हो ।
प्रकाशित मिति : २०७६ वैशाख २ गते सोमबार









प्रतिक्रिया दिनुहोस्