महासंघको ५३ औं वार्षिक साधारणसभाबाट कोहलपुर उद्योग वाणिज्य संघ सम्मानित



कोहलपुर ।

नेपाल उद्योग बाणिज्य महासंघको ५३ औं वार्षिक साधारणसभाबाट कोहलपुर उद्योग वाणिज्य संघ सम्मानित भएको छ ।

नेपाल उद्योग वाणिज्य संघमा ग वर्गको देस्रो स्थानमा रहेको भन्दै कोहलपुर उद्योग वाणिज्य संघलाई सम्मानित गरेको हो । कोहलपुर उद्योग वाणिज्य संघ सम्मानित भएकाले कोहलपुरका व्यापारीहरुमा खुसियाली छाएको कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले जानकारी दिए ।

क वर्गको संगठनका रुपमा प्रथम लेखनाथ उद्योग वाणिज्य संघ,दोस्रो तलितपुर उद्योग वाणिज्य संघ, तेस्रो मोरङ उद्योग वाणिज्य संघ भएका छन ।

त्यस्तै ख वर्गको संगठनका प्रथम म्याग्दी उद्योग वाणिज्य संघ, रत्ननगर उद्योग वाणिज्य संघ, तेस्रो वालिङ उद्योग वाणिज्य संघ रहेका छन् । त्यसैगरी ग वर्गका संगठनका प्रथम पाँचथर उद्योग वाणिज्य संघ, दोस्रो कोहलपुर उद्योग वाणिज्य संघ र जुम्ला उद्योग वाणिज्य संघ सम्मानित भएका हुन्।

  • No tags available
प्रकाशित मिति : २०७५ चैत २८ गते बिहीबार