कोहलपुर ।
बाँकेको कोहलपुरमा सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मृत्यू भएको छ ।
कोहलपुर नगरपालिका ११ पिपल चौतारा नजिकै एक घरमा सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मृत्यू भएको इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रमुख डिएसपी रमेश बहादुर सिंहले जानकारी दिए ।
पिपलचौतारा नजिकै रहेको रामप्रसाद सिग्देलको घरमा रहेको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा कोहलपुर नगरपालिका ६ रझेनाका कुमार थारु र चेतराम थारुको मृत्यू भएको उनले बताए ।
उनीहरुको शौचालयको सेफ्टीट्याङ्की सफा गर्न भित्र छिरेका बेला निसासीएर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । डिएसपी सिंहका अनुसार प्रहरीले अहिले शौचालयको सेफ्टीट्याङ्कीबाट दुवै जनाको शवं निकाल्ने प्रयास गरिरहेको छ ।
यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०७५ चैत २६ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्