रावन बिश्वकर्मा, बाँसगढी ।
बर्दियाको बाँसगढीमा करोडौको लगानीमा दुध उद्योग सञ्चालनमा आएको छ । जर्मन प्रबिधिद्धारा प्रशोधित दुध र दुधका परिकार उत्पादनका लागि ठुलो लगानीमा भट्टट्टाई दुध उद्योग सञ्चालनमा आएको होे । कृषकहरुलाई व्यवसायी बनाई उनीहरुको आयआर्जनमा बृद्धि गर्ने लक्ष्यका साथ २ करोड ५०
लाख बढीको लगानीमा उद्योग सञ्चालमा ल्याएको सञ्चालक खेमराज भट्टराईले जानकारी दिए ।
बाँसगढीमा दुध उद्योग सञ्चालनले ‘मिल्क होली डे’ को अन्त्य भएको अर्का उद्योग सञ्चालक खड्क बहादुर खड्काले बताए । ‘अब दुध उद्योग सञ्चालन भए सँगै किसानहरुले आफुले उत्पादन गरेको दुधको उचित मुल्य समेत पाउनेछन्’ उनले भने, ‘उचित मुल्यका साथै दुध खपतको ग्यारेन्टी समेत हामीले गरेका छौं ।’ सञ्चालक खड्काले किसानहरुलाई पशुपालन पेशामा आकर्षित गर्न, पशुपालन प्रबिधि र ज्ञानका बारेमा जानकारी दिन तालिम तथा गोष्ठिहरु गरिने बताए ।
दुध उद्योगमा ट्रोण्ड मिल्क, फुल क्रिम मिल्क, होल्ल मिल्क, स्पेशल र नर्मल दहि, पनिर, खुवा, गुणस्तरिय आईसक्रिम, चिज, छुर्पी, गुदपाक, घ्यु लगायत दुधका परिकार उत्पादन गरिने उद्योगका म्यानेजर प्रकाश भट्टराईले जानकारी दिए । ‘यहाँ उत्पादन गरिएका दुध जन्य बस्तुहरु स्थानीय स्तरका साथै बाँकेको नेपालगञ्जसम्म खपत हुन्छ’ उनले भने, ‘उद्योगले बाँसगढी बजार, छोड्की डेउढा, बर्कि डेउढा, कर्तनिया र गुलरियाको गणेसपुरमा दुध संकलन केन्द्र राखी दुध संकलन गरिरहेका छौं ।’
उद्योगले अहिले ६ सय जना कृषकहरुको दैनिक २ हजार लिटर बढी दुध संकलन गरिरहेको छ । त्यस्तै दुध उद्योगले बाँसगढी ३ उतरभकारीमा गौरी शंखर एग्रो फर्म पनि सञ्चालन गरेको छ । एग्रो फर्ममा सानो र ठुलो गरेर ५० ओटा भैसी पालन गरिएको छ । दैनिक १ लाख ५० हजार कारोबार गरिरहेको उद्योगलले बाँसगढीको मदाह, बेलवा र बेतहनीबाट किसानहरुको दुध संकलन गरी दैनिक ४ हजार लिटर दुध संकलन गर्ने लक्ष्य लिएको छ । उद्योग सञ्चालनबाट १३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।









प्रतिक्रिया दिनुहोस्