21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

जसले सम्झौता गरेको हो उसैले आर्थिक दायित्व बोक्नु पर्छ : अध्यक्ष ठाकुर सिंह थारु (भिडियो सहित हेर्नुहोस)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र ६, २०७५  

नेपालगंज।

नेपाल पत्रकार महासंघ बाँके शाखालाई जोडेर सार्वजनिक भएका समाचारले आफुहरुलाई चिन्तीत तुल्याएको अध्यक्ष ठाकुर सिंह थारुले बताउनुभएको छ । आज नेपालगंजको स्थानिय बिपी चोकमा आयोजित पत्रकार सम्मेलन तथा होली मिलन कार्यक्रममा आफनो कुरा राख्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँके र नेपालगंज उपमहानगरपालिकालाई जोडेर विभिन्न खाले भ्रमात्मक समाचारहरु आए । यसले सिंगो पत्रकारहरुको संस्था नेपाल पत्रकार महासंघलाई चिन्तीत तुल्याएको छ । यही कुरा प्रष्ट पार्नका लागी यहाँहरुलाई बोलाईएको हो ।”

मिडिया दिगो विकास र चुनौती, युवाहरुलाई आधारभुत विकास पत्रकारिता तालिम, संञ्चार गृह प्रकाशनका बारेमा अन्र्तक्रिया, संञ्चार गृहको अनुगमन, वडा अध्यक्षलाई संञ्चार र विकास बारे एक दिने अभिमुखीकरण कार्यक्रमको संयोजन मात्र गरेको तर सम्झौता कहीँ कतै आफुहरुले नगरेको उहाँको दाबी छ ।

संयोजन गरेको रकम ३ लाख ९१ हजार ५ सय रुपैयाँ मध्ये ३ लाख ३५ हजार मात्र महासंघले प्राप्त गरेको उहाँले बताउनुभयो । नेपालगंज उपमहानगरपालिकाले गत आर्थिक बर्ष २०७४-०७५ मा पत्रकारको प्रर्वद्धनका लागी १० लाख रुपैयाँ बिनीयोजन गरेको तर नेपाल पत्रकार महासंघ बाँकेले पेश गरेका कार्यक्रम प्रस्तावहरु अस्विकार गरिएपछि उपमहानगरपालिकाले आफना प्रेस सल्लाहकार मार्फत कार्यक्रम संञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषि चौलागाईको ब्यक्तिगत बैंक खातामा रकम पठाईएपछि उहाँको प्रस्तावमा आफुहरुले कार्यक्रम संञ्चालनका लागी संयोजन मात्र गरिदिएको तर कुनै पनि सम्झौता र हिसाव किताब मिलान नगरेको अध्यक्ष ठाकुरको दाबी छ ।

समाज बनाउने इन्जिनियरकै बारेमा यति ठुलो प्रश्न उठेपछि त्यसको जवाफ दिन महासंघको इतिहासमा पहिलो पटक सडकमै पत्रकार सम्मेलन राखिएको भन्दै विगतका बर्षहरुमा तत्कालिन जिल्ला विकास समिति मार्फत प्राप्त हुने केही आर्थिक सहयोगले महासंघमा आउनेलाई अतिथि सत्कार, बिद्युत, टेलिफोन, पानी शुल्कमा खर्च उपयोग गर्ने गरिएपनि जिल्ला समन्वय समिती भईसकेपछि भने यो आर्थिक स्रोत पुरै रोकिएको जानकारी दिनुभयो ।

त्यसै कारण पनि महासंघले अन्य विभिन्न सामाजिक संघ–संस्था, निकाय सँग समन्वय गरेर आर्थिक जोहो गर्न गरेको उहाँको तर्क छ । तर नेपालगंज उपमहानगरपालिकाको सन्र्दभमा महासंघले कुनै पनि सम्झौता नगरेकाले जसले कार्यक्रम संञ्चालनका लागी सम्झौता गरेको हो उसैले आर्थिक दायित्व बोक्नु पर्ने उहाँले बताउनु भयो ।

नेपालगंज उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ बाँके शाखालाई जोडेर यसअघि आर्थिक बिषयका बारेमा केही संञ्चार माध्यमले समाचार लेखेका थिए । उता यो बिषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्र्पक कार्यालय नेपालगंज सम्म पुगेको जनाईएको छ ।

प्रकाशित मितिः बुधबार, चैत्र ६, २०७५     5:56:50 PM  |