रावन बिश्वकर्मा, बाँसगढी, बर्दिया ।
बर्दियाको बाँसगढीमा रहेको नागरिक ईलेक्ट्रोनिक्स पसलमा चोरी भएको छ ।
आईतबार राती घरको पछाडी भ्याल फोरी झण्डै २३ लाख बराबरको चोरी भएको प्रोप्राईटर तिलक जैसीले बताएका छन । पसलमा रहेको नगद ७० हजार, १ सय ५० बढी स्मार्ट मोवाईल फोन र २ सय ३० बढी घडीहरु चोरी भएको जैसीले बताए ।
पसल भएको घरको पछाडी १५ फिट लामो सिडि लाएर भ्याल फोरी चोरी भएको प्रहरीले जनाएको छ । पसल चोरीको विषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख बसन्त गौतमले बताएका छन । केही हप्ता अघि बाँसगढी मै रहेको सुर्य मोबाईल पसल पनि चोरी भएको थियो ।
प्रकाशित मिति : २०७५ फागुन १४ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्