कोहलपुर, २०/ गत पुस ०८ गते कालिकोटको पलाँता गाउँपालिका वडा नं. १ खाँडामा एक दिने निशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको छ । शिविरमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका डाक्टरहरुको टोलिले सेवा प्रदा गरेको थियो । प्रदेश नं. ६ को स्वास्थ्य निर्देशनालय सुर्खेतको सहकार्यमा करिब २ लाख बराबरको औषधि समेत वितरण गरेको छ । मेडिकल कलेजमा समाजिक सुरक्षा इकाइका प्रमुख राम बहादुर मल्लको नेतृत्वमा गएको टोलिले करिब १५० जना बिरामीको स्वास्थ्य चेकजाँच गरेको डा. देवेन्द्र आचार्यले जानकारी दिए । त्यस्तै नेपालगञ्ज मेडिकल कलेजका मेडिसन विभागमा कार्यरत डा. सन्देश पण्डित, स्त्री रोग विभागमा कार्यरत डा.अमरेन्द्र कुसवाह, हाड जोर्नी विभागमा कार्यरत डा. अनिल कुमार चौधरी र डा. देवेन्द्र आचार्यले सेवा प्रदान गरेका थिए भने पलाँता गाउँपालिकालाई औषधि हस्तान्तरण गरेको थियो ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, पुस २०, २०७५