कोहलपुर १ पुस /बाँकेको काहेलपुर–११ मा रहेको छानछिन बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो छौठौं साधारण सभा सम्पन्न गरेको छ । जिल्ला सहकारी संघका सञ्चालक समितिका सदस्य नवराज उपाध्यायले सभाको उद्घाटन गर्दै सहकारी ऐन २०७४ अनुसार आफ्ना गतिविधिहरु सञ्चालन गर्न अनुरोध गरेका छन् । साथै उनले सहकारी ऐन, नियम र विधि प्रक्रिया भित्र रहेर सहकारीले आफ्नो कार्यहरु गर्नुपर्ने भन्दै सहकारीले सदस्यहरुलाई आत्मानिर्भर बनाउन मद्दत पुग्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष प्रमोद श्रेष्ठले सहकारीलाई शेयर सदस्यहरुको भावना अनुसार सञ्चालन गर्न सबैले साथ दिनुपर्ने भन्दै शेयर सदस्यहरुलाई रोजगारीका अवसरहरु प्रदान गर्नसक्ने कार्यक्रम ल्याउन लागेको बताएका छन् ।
त्यस्तै संस्थामा आवद्ध शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । संस्थाका उत्कृष्ट ऋण तर्फ पुवपा थारुनी, रुवादेवि बुढाथोकी, श्याम शाह, लक्ष्मी बि.क., लोक बहादुर थापामगर, मिना शाही, उत्कृष्ट बचत तर्फ ईन्द्र प्रसाद पौडेल, किरण केसी, सवित्रि पुन र विनिता श्रेष्ठलाई सम्मान गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्