लागु पदार्थ दुव्र्यसनी विरुद्ध सडक नाटक



 

कोहलपुर २६ मंसिर/बाँकेको राप्तीसोनारी गाउँपालिकामा मंगलबार लागु पदार्थ दुव्र्सनी विरुद्ध सडक नाटक प्रर्दशनी गरिएको छ । राप्तीसोनारी गाउँपालिका र ईलाका प्रहरी कार्यालय कोहलपुरको आयोजना तथा कोहलपुर सामुदायिक सेवा केन्द्र केन्द्रको समन्वयमा प्रर्दशन गरिएको सडक नाटकमा लागु पदार्थ दुव्र्यसनीका कारण बच्ने उपाय लक्षणहरु बारे देखाईएको थियो ।

सडकनाटक राप्तीसोनारी गाउँपालिका वडा नं २ अगैया,वडा नं ४ बैजापुर, भवानीयापुर तथा वडा नं ८ ओभरीमा प्रर्दशन गरिएको थियो । सडकनाटकमा समाज सेवा संस्था नेपालका कलाकारहरु विनोद थापा, कल्पना चन्द, पुस्तिका शर्मा,गीता सुनार , रमेश जिएम,कविता थापा तथा राम सहाय प्रेमी लगायतले अभिनय गरेका थिए । सडक नाटक जन प्रतिनिधि, विद्यार्थी , सर्वसाधारण गरि हजारौले अवलोकन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर २६ गते बुधबार