वडा कार्यालयद्वारा छात्राहरुका लागि प्याड वितरण



कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ ले शुक्रबार जनज्योती मा.वि.का छात्राहरुका लागि सेनिटरी प्याड वितरण गरेको छ ।

शुक्रबार जनज्योतिमा एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष गोपी खनालले विद्यालयका प्रधानाध्यापक एकदेव पन्थीललाई हस्तान्तरण गरेका थिए भने उक्त प्याड प्रधानाध्यापक पन्थीले रुम टु रिडका सामाजिक परिचालक सविता सुनारलाई गस्तान्तरण गरेका थिए ।

कार्यक्रममा वडा वडा अध्यक्ष खनालले विद्यालयका छात्राहरु महिनावारी भएकै कारण विद्यालयबाट पढाइ छोडेर घर जानु पर्ने, घरबाट आउँदा आउँदै फर्किनु पर्ने समस्या रहेको भन्दै वडाले विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै २ सय जना छात्राहरुका लागि पुग्ने प्याड हस्तान्त्रण गरेको बताए ।

यस्तै विद्यालयका प्रधानाध्यापक पन्थीले लामो समय देखिको छात्राहरुको समस्या अब कम हुने आशा व्यक्त गर्दै सहयोगका लागि वडा नं. १ लाई धन्यावाद दिएका थिए ।

विद्यालयका छात्राहरु पुनम खडका र विनीता सार्कीले प्याड विद्यालयमा प्राप्त हुँदा आफुहरु खुसी भएको अभिव्यक्ति दिएका थिए । उक्त कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शिक्षक विनोद कुमार भट्टराईले राखेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर २१ गते शुक्रबार