दुर्घटनामा प्रहरी जवानको मृत्यु



कोहलपुर/   दाङबाट नेपालगन्ज आउने क्रममा एक प्रहरी जवानको मोटरसाईकल दुर्घटनामा परी ज्यान गएको छ ।

प्रदेश नं. ५ क्षेत्रिय प्रहरी खजुरा गणमा कार्यरत प्रहरी जवान भबिन्द्र थापाको कोहलपुर वडा नं. १२ सरस्वती सामुदायिक वन नजिकै मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मंलबर राती नै दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । मोटरसाईकल सडक किनारबाट करिव २४ फिट तल खसेको र शव करिब ४० फिट टाढा रहेको प्रहरीले जनाएको छ । मृतकको शरिरमा बायाँ खुट्टाको घुडामा र बाँया आँखामा चोट लागेको र भित्री चोट हुन सक्ने प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक १५ गते बिहीबार