23 July 2024  |   मङ्लबार, साउन ८, २०८१

बेवारिसे अवस्थामा शव फेला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५  

कोहलपुर/   बाँकेको कोहलपुर वडा नं. १२ रोहीणी खोलाको किनारमा मंगलबार बेवारिसे अवस्थामा शव फेला परेको छ ।

अन्दाजी ४० देखि ४५ वर्ष उमेरका एक पुरुष शव बेवारिसे अबस्थामा फेला परेको कोहलपुर ईलाका प्रहरी कार्यालयले जनाएको छ । शवको कुनै पनि बतन खुल्न नसकेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार सोमबार राती १२ बजेतिर सो व्यक्तिको हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरन्जन घिमिरेले बताए । स्थानिहरुसँग प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

यस्तै कोहलपुर प्रहरी प्रमुख रमेश बहादुर सिंहसँग बुझ्दा शव मंगलबार बिहानै फेला परेपनि राती ८ बजेसम्म पहिचान हुन नसकेको र फोटोसहितको हुलिया परिपत्र गरिएको जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५     8:13:08 AM  |