बर्दिया/ नागरिकलाई आफ्नै भवनबाट सेवा प्रभाव गर्न ८ नम्बर वडाले वडा कार्यालयको भवन शिलान्यास गरेको छ । बाँसगढी नगरपालिकामा रहेका ९ ओटा वडा कार्यालय मध्य ८ नम्बर वडाले पहिलो पटक आफ्नै जग्गामा सोमबार भवनको शिलान्यास गरेको हो । स्थानिय पुर्ण भद्र अधिकारीले २ कट्ठा र भोजमायाँ अधिकारीले १ कट्ठा कार्यालय भवनको लागि जग्गा दान गरेपछि कार्यालयले सो जग्गामा भवन निर्माण थालेको छ ।
भवन निर्माणका लागि कैलालीको दिनेश कन्ट्रक्सनले ठेक्का प्राप्त गरे पनि ८ नम्बर वडाकै स्थानीय दिनेश रानाले पेटिमा कार्यालयको भवन निर्माण गरिरहेको वडा अध्यक्ष तुल प्रसाद गौतमले बताए । उनले यहि चैत मसान्त सम्म भवन निर्माण गरी सक्ने र आउदो असार मसान्तबाट कार्यालयको सेवा आफ्नै भवनबाट प्रभाह गर्ने लक्ष्यका साथ काम हुने बताए । कार्यालयको प्राबिधिकले दिएको नक्सा अनुसार ३ ओटा अफिसल कोठा, २ ओटा हल, बरण्डा सहितको कार्यालय सञ्चालन सहज हुने गरी निर्माण गरिदै छ । अघिल्लो आर्थिक वर्षको ३५ लाखको टेन्डर अनुसार भवन निर्माण भइरहेको छ ।
कार्यालय भवनको विधिवत रुपमा सविधान सभा सदस्य निर्मल प्रकाश सुवेदी, नगर प्रमुख सालिकराम अधिकारी, उपप्रमुख सुष्मा चौधरी, वडा अध्यक्ष तुल प्रसाद गौतमले संयुक्त रुपमा शिलान्यास गरिको थियो । शिलान्यासको क्रममा नगर प्रमुख सालिकराम अधिकारीले सबै वडा कार्यालयले प्रविधिको प्रयोग गर्दै सरल सहज र छिटो छरितो रुपमा नागरिकलाई सेवा प्रभाह गर्न तर्फ अग्रसर हुर्नु पर्नेमा जोड दिएका थिए । नगर प्रमुख सालिकराम अधिकारीले जग्गादाताहरुलाई धन्यावाद दिँदै जग्गा दान गर्ने जग्गादाताहरुको भवन उद्घाटन पुर्व पारिवारिक पृष्ठभूमी सहितको शिलालेख बनाएर राखिने बताए ।
वडा अध्यक्ष तुल प्रसाद गौतमको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा सविधान सभा सदस्य निर्मल प्रकास सुवेदी, नगर प्रमुख सालिकराम अधिकारी, उपप्रमुष्मा चौधरी, जग्गादाता पुर्ण भद्र अधिकारी र भोजमाया अधिकारी, वडा नं.१ का अध्यक्ष जयराज पाण्डे, ६ का दशरथ थारु, ४ का रजमान चौधरी, ५ का नरेन्द्र गिरी लगायत, कार्यपालिका सदस्य, वडा सदस्य, ईलाका प्रशासन कार्यालय मोहन प्रसाद लम्साल, राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, वुद्धिजिवी स्थानीयहरुको उल्लेख्य सहभागिता थियो ।









प्रतिक्रिया दिनुहोस्