कोहलपुर÷ कोहलपुर नगरपालिका वडा नं. २ मुगालीबस्तीबाट प्रहरीले रेड पाण्डाको छालासहित एक जनालाई पक्राउ गरी अनुसंधान सुरु गरेको छ ।
५ नं प्रदेश प्रहरी अनुसंधान व्यूरोको टोलीका प्रहरी निरीक्षक देबिप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीले कोहलपुर–२ का ३१ वर्षीय मानबहादुर शाहीलाई शनिबार साँझ दुई थान रेड पाण्डाको छालासहित उनकै घरबाट नियन्त्रणमा लिएको हो ।
बरामद गरिएको छाला र शाहीलाई स्थलगत मुचुल्का गरी थप अनुसंन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।
प्रकाशित मिति : २०७५ कात्तिक १० गते शनिबार









प्रतिक्रिया दिनुहोस्