बर्दिया/ बर्दियाको ककौरामा रहेको बालज्योति एकेडेमीमा बिहीबारदेखि खेल सप्ताह सुरु भएको छ । विद्यालयमा भएका विद्यार्थीहरुको खेल क्षमता पहिचान गरी विद्यालय बाहिर हुने विभिन्न खेलकुद प्रतियोगितामा सहभागी जनाउन सहज होस् भन्ने उद्देश्यले खेल सप्ताह सुरु गरिएको विद्यालयले जनाएको छ । खेल सप्ताहको पहिलो दिन छात्रा र छात्र बिच १ सय मिटर दौड, २ सय मिटर दौड, सटफुट र ज्याभलिन थ्रो, फुटबलतर्फ पहिलो चरणका खेल सम्पन्न भएका छन् ।
प्रत्येक खेलमा सिनियर, मिडियम र जुनियर विद्यार्थीहरु बिच प्रतिस्पर्धा भएको शिक्षक निर्मला चौधरीले बताइन् । खेल सप्ताहको दोस्रो दिन बिहीबार ४ सय मिटर दौड, ८ सय मिटर दौड, फुटबल दोस्रो चरणको खेल, कबड्डीतर्फ पहिलो चरणका खेल हुने विद्यालयका प्रिन्सिपल जित बहादुर राकायाले जानकारी दिए । विद्यालय सञ्चालक समितिका अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा भएको उद्घाटन खेल सप्ताहमा प्रमुख अतिथि वडा नम्बर ८ का वडा अध्यक्ष तुलप्रसाद गौतम, विद्यालयका वरिष्ठ सल्लाहाकार तथा केदारेश्वर धामका अध्यक्ष कृष्ण प्रसाद बास्तोला लगायतको सहभागिता रहेको थियो ।
विद्यालयका प्रिन्सिपल जित बहादुर राकायाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य विद्यालय सञ्चालन समितिका सदस्य शारदा लम्सालले राखेकी थिइन् । १ हप्तासम्म सञ्चालन हुने खेल सप्ताहमा विद्यालय भित्र रहेको ४ वटा सदन अनुसार विभिन्न खेल प्रतियोगितामा विद्यार्थीहरु सहभागी हुने छन् । भलिवल, फुटवल, एथलेटिक्स लगायत १६ विद्याका खेलहरु हुने छन् । हाल विद्यालयमा ७ सय २१ ज्ना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्