कविन्द्र परियार/ बाँकेको कोहलपुर नगरपालिका—१५ चन्हवा पेडारी नालाको जिर्ण काठेपुल र्ममत नभएपछि खोलामा ह्युम पाईप प्रयोग गरेर गााउँलेहरुले वैकल्पिक बाटो बनाएका छन् । पुल जिर्ण भएर किसानहरुलाई धान पराल लगायतका वस्तुहरु ओसार्न गाह्रो भएपछि खोलामा डोजर प्रयोग गरेर वैकल्पिक बाटो निमार्ण गरिएको गाउँलेहरुले बताएका छन् ।
यसै आर्थिक वर्षमा कोहलपुर नगरपलिकाको करिब ३० हजारको लागतमा पुल मर्मत गरेपनि एकतर्फको विम भाँच्चिएका कारण स्थानीयवासीलाई आवत जावतलाई सहज बनाउन वैकल्पिक बाटो निमार्ण गरिएको हो । सो स्थानमा रहेको काठेपुलको सामान्य विम समेत मर्मत नहुदाँ स्थानीय किसानहरुले सास्ती खेप्नुपरेको छ ।
खेतीपाती सिह्रार्ने बेलामा नालामा पुल नहुँदा सास्ती झेल्नु परेको स्थानीयवासी नेत्र डाँगीले बताए । ‘रातमा त हिड्न नसकिने अवस्था छ’ उनले भने । त्यस्तै अर्का स्थानीय सितारानीले चुनावका बेलामा राजनितिक दलहरुले पक्की पुल बनाई दिन्छौं भने पनि अहिले सम्म उस्तै छ उनले भनिन् । त्यस्तै अर्का स्थानीय मनोज चौधरी रातको समयमा आवतजावत गर्न निकै कठिनाई हुने गरेको बताए ।
कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले २÷४ दिन भित्रमा प्राविधिकलाई पठाएर पुलको अनुगमन गरी अवस्था हेरेर मर्मत गर्न लगाइने बताए । ‘सानो रकमले पुल निमार्ण गर्न सकिने अवस्था छैन । अहिलेलाई मर्मत गरेर आवतजावत गर्न सहज बनाउन सकिन्छ ।’ नगर प्रमुख रावतले भने । ‘आवत जावत गर्न कठिनाई भएको थियो ।
गाउँलेले आफै वैकल्पिक बाटो निर्माण गरेको रहेछन् मलाई पछि खबर भयो ।’ कोहलपुर नगरपालिका–१५ का वडाध्यक्ष पतिराम थारुले बताए । सो स्थानमा पुल बनाउन पुल बनाउन सिक्टा सिचाई आयोजनालाई पुल निमार्ण गरिदिन भनि पहल गरिरहेको वडाध्यक्ष थारुको भनाइ छ ।
यता सिक्टा सिचाई आयोजनाका सुचना अधिकारी प्रकाश कार्कीले त्यस्ता प्रकृतिका पुल निमार्ण गर्न योजना भित्र नपर्ने र हाल त्यसको कुनै स्टमेट नभएको तर स्थानीयको माग भई विभागबाटै निर्देशन आएमा पुल बन्न सक्ने बताए ।









प्रतिक्रिया दिनुहोस्