29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

पाँचसय गाडी चालक कारवाहीमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक ५, २०७५  

दाङ/   दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने करिव ५०० सवारी साधन चालकलाई कारवाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार नियमविपरीत सञ्चालन गरिएका ५०५ सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदन कँुवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार कारवाहीमा पर्नेमा तीव्रगतिमा गाडी चलाउने, मापसे गरेर चलाउने, क्षमताभन्दा बढी सामान राख्ने र सवारी सञ्चालन कागजात नभएका चालक छन् ।

कारवाहीमा पर्नेमा मोटरसाइकल, जीप कार, बस, ट्रक, टिपर, अटो लगायतका सवारी साधनका चालक छन् । उक्त कारवाहीबाट रु तीन लाख १९ हजार राजश्व सङ्कलन भएको पनि प्रहरी निरीक्षक कुँवरले बताउनुभयो ।

दशैँको अवधिमा दाङमा चार वटा सवारी साधन दुर्घटना भएकामा एक जनाको मृत्यु भएको र चारजना गम्भीर घाइते भएको उक्त कार्यालयले जनाएको छ । गत वर्ष दशँैको समयमा भन्दा यसपटक भने सवारी साधन दुर्घटनामा कमी आएको छ ।

गत वर्ष सो अवधिमा एक दर्जनबढी सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु हुनुका साथै १० जना गम्भीर घाइते भएका थिए । –रासस

प्रकाशित मितिः सोमवार, कार्तिक ५, २०७५     7:16:33 PM  |