कोहलपुर/ दुवै मृगौला फेल भई काठमाण्डौस्थित महाराजगन्ज प्रहरी हस्पिटलमा उपचार गराइरहेका एक व्यक्तिलाई कोहलपुर क्षेत्रका समाजसेवीहरुको टोलीले सहयोग रकम संकलन गरी हस्तान्तरण गरेका छन् ।
कोहलपुर नगरपालिका–५ बाट स्थानीय तहको निर्वाचनमा वाम गठवन्धनतर्फबाट अध्यक्षका उम्मेद्वार समेत रहेका समाजसेवी तिलक सिंह कार्कीको अगुवाइमा देवी प्रसाद भुषाल, दिप बहादुर शाही,शिव कुमार सुनार, कोमलराज पाठक, डि.बी.राना, प्रम बहादुर खड्का, पूर्ण बहादुर शाही लगायतको टोलीले संकलन गरेको १ लाख ६८ हजार ७ सय ५५ रुपैयाँ रकम कोहलपुरस्थित शान्तिनगरका हस्त बहादुर शाहीको उपचारका लागि उनका भाई बिर बहादुर शाहीलाई हस्तान्तरण गरेको हो ।
टोलीले सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै मृगौला पीडित शाहीको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै सहयोग गर्न चाहनेहरुले ९८५८०२४४१२ नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ ।