मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज ३०, २०७५
कोहलपुर ३० असोज/इलेक्ट्रोनिक्स तथा मोवाईल व्यवसायी संघ कोहलपुरले मंगलबार शुभकमना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । दशैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा संघमा आवद्ध व्यावसायीहरुले एक आपसमा शुभकामना साटासाट गरेका हुन् ।
कार्यक्रका प्रमुख अतिथि कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले नेपालीहरुका चाडपर्वहरु एक आपसमा सुख दुख साट्ने अवसर रहेको बताए । इलेक्ट्रोनिक्स तथा मोवाईल व्यवसायी संघ कोहलपुरका अध्यक्ष रमणी प्रसाद शर्माको सभापतित्वमा भएको कार्यक्रममा कोहलपुरका व्यवसायीहरुको सहभागिता रहेको थियो ।