21 June 2021  |   सोमवार, असार ७, २०७८

अढाई महिनामा ९ वटा सडक दुर्घटना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज १९, २०७५  

नेपालगन्ज/  बाँकेमा पछिल्लो अढाई महिनामा भएका ९ वटा सडक दुर्घटनामा परी ४ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकले चालु आर्थिक वर्ष २०७५/०७६को साउनदेखि हालसम्म भएका गम्भीर प्रकृतिका ९ वटा सडक दुर्घटनाको घटनामा परेर ३ पुरुष र एक महिला गरी ४ जनाले ज्यान गुमाएको जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका ईन्चार्ज समेत रहेका प्रहरी निरीक्षक हिरेन्द्र रोकायले दिएको जानकारी अनुसार सडक दुर्घटनामा परेर ६ जना गम्भीर घाइते ९ जना सामान्य घाइते भएका छन् ।

यसैगरी आर्थिक वर्ष २०७४/०७५ मा ३८ जनाले ज्यान गुमाएको जनाएको छ । आर्थिक वर्ष २०७३/०७४ मा बाँकेमा सडक दुर्घटनामा परेर २७ जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०७२/०७३ मा २९ जनाले सडक दुर्घटनामा परेर ज्यान गुमाएको तथ्याङ्क छ ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका ईन्चार्ज समेत रहेका प्रहरी निरीक्षक रोकायले बढ्दो सवारी चाप, चालकको लापरवाही मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने प्रवृति र सडकको बिग्रिदो अवस्थाको कारणले दुर्घटना बढेको पाइएकोे बताए ।

जिल्ला ट्राफिक कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०७५/०७६ मा ४ हजार ५० सवारी कारवाहीबाट २० लाख २९ हजार, आर्थिक वर्ष २०७४/०७५ मा सवारी नियम उलङघन गर्ने १९ हजार ५ सयलाई कारवाही गर्दा १ करोड ८ लाख ३५ हजार ५ सय रुपैया राजस्व संकलन भएको जनाएको छ ।

यसअघि आर्थिक वर्ष २०७३/०७४ मा गरिएको ११ हजार ७ सय ३१ कारवाहीबाट ६३ लाख ५३ हजार ५ सय, आर्थिक वर्ष २०७२/०७३ मा १२ हजार ४ सय ३६ कारवाहीबाट ३६ लाख ३३ हजार ५० रुपैया राजश्व संकलन भएको थियो ।

सदरलाइन

प्रकाशित मितिः शुक्रबार, अशोज १९, २०७५     7:59:39 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *