6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

कोहलपुरका मुक्त कमैँयाहरुले बुझाए ज्ञापनपत्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज १६, २०७५  

कोहलपुर/  कोहलपुर नगरपालिका–११ लोकनगरका मुक्त कमैयाहरुले नौँ बुँदे माग राख्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत, प्रदेश नं ५ की भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेल र प्रतिनिधि सभाका सांसद महेश्वर गहतराज अथकलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् ।

सोमबार थारु समुदायका नेता चन्द्र थारुको नेतृत्वमा लोकनगरका मुक्त कमैयाले २०६९ सालमा नेपाल सरकारले मुक्त कमैया संरक्षण गर्न छुटेका समेतलाई बसोबासको व्यवस्था गर्ने भनिए पनि स्थानीय सरकारले वेवास्था गरेको भन्दै ९ बुदेँ माग सहितको ज्ञापनपत्र बुझाएको नेता थारुले बताए ।

सो माग पत्रमा छुट लगतमा परेका ८ सय ९१ घरपरिवार र जग्गा सट्टा भर्नाको समस्या समाधान, विधुत विस्तारका लागि अनुमानित ५०० पोल, निःशुल्क शिक्षा, १ ट्रान्सफर्मर, थारु संग्रहालयका लागि आवश्यक बजेट, खानेपानीको व्यवस्था, एक घर एक रोजगार लगायतका नौँ बँुदे माग उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले सरकारको तह अनुसारको माग पत्र भएकाले स्थानीय सरकारबाट हुन सक्ने सबै कामहरु गर्ने प्रतिबद्धता जनाए ।

थारु संग्रहालय र थारु समुदायको समग्र विकासका लागि कोहलपुर नगरपालिका योजनावद्ध ढंगले लागेको भन्दै नगरप्रमुख रावतले लोकनगरका मुक्त कमैयाको पुर्ण अध्ययन र प्रमाणिकरणको काम नीतिगत ढंगले गर्ने बताए । मुक्त कमैयाले बुझाएको ज्ञापन पत्र भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेलका लागि उनका स्वकिय सचिव सुर्य रोकाय र नेकपाका केन्द्रिय नेता तथा प्रतिनिधि सभाका सांसद महेश्वर गहतराज अथकका तर्फबाट उनका स्वकिय सचिव शिव सुनारले बुझेका थिए ।

प्रकाशित मितिः मङ्लबार, अशोज १६, २०७५     7:32:14 AM  |