20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज ११, २०७५  

रावन बिश्कर्मा : बर्दिया/  बर्दियाको माछागढमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । बाँसगढी नगरपालिका–९ मा पर्ने माछागढ क्षेत्रमा एकपछि अर्को गर्दै दुर्घटना बढे पछि सड्क दुर्घटना न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले स्थानीय समुदायसँग ट्राफिक सचेतनासम्बन्धी छलफल तथा अन्तक्रिया गरिएको हो ।

कार्यक्रममा सड्क पार गर्दा अपनाउनु पर्ने कुरा, सवारी साधान चलाउदा ध्यान दिनु पर्ने कुरा, बाटोमा हिड्दा अपनाउनु पर्ने सावधानी लगायतका विषयमा जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रहरी नायव निरीक्षक मधुसुदन सिंह र ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक बसन्त गौतमले ट्राफिक सचेतनासम्बन्धी जानकारी दिएका थिए ।

सचेतना कार्यक्रममा माछागढ क्षेत्रमा रहेका करिब ७० घर परिवारलाई ट्राफिक नियमसम्बन्धी सम्झाई बुझाईका साथै सड्क सुरक्षित प्रयोग गर्ने र ट्राफिक नियम सहितको पर्चा पम्पेल वितरण गरिएको थियो । कार्यक्रमा बाँसगढी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष जय बहादुर चन्दले दुघर्टना न्युनिकरणको लागि वडा कार्यलयका तर्फबाट दुई वटा होर्डिङ बोर्ड निर्माण गरी माछागढको दुई छेउमा राख्ने बताए ।

जिल्ला ट्राफीक कार्यालय बर्दियाको आयोजना र बासँगढी नगरपालिका वडा नं. ९ माछागढको समन्वयमा ट्राफिक सचेतना कार्यक्रको अन्तक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा अस्थाई ट्राफिक पोष्ट बाँसगढीका प्रहरी साहायक निरीक्षक पुरुषोतम पौडेल, लगायत ट्राफिक प्रहरी नेपाल प्रहरी वडा नं. ९ का जनप्रतिनिधि, वरघर, सामजसेवी, वुद्धिजीवी, स्थानीयवासीहरुको सरहेको थियो ।

प्रकाशित मितिः बिहिबार, अशोज ११, २०७५     11:32:19 AM  |