8 March 2021  |   मङ्लबार, फाल्गुन २५, २०७७

श्रीमानद्वारा श्रीमतीको हत्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज ११, २०७५  

कोहलपुर/   बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा एक ब्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

गनापुरस्थित फारामटोलमा रहेको माइतीघरमा बस्दै आएकी एक महिलालाई उनकै श्रीमानले कुटोको बिडले प्रहार गर्दा महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

सोमबार राति श्रीमानको कुटाइबाट घाइते भएकी २४ वर्षकी जानकी गिरिको बुधबार बिहान शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले जानकारी दिए ।

श्रीमानले जानकीलाई कुटोको बिडले प्रहार गरेको प्रहरीले जनाएको छ । सुरुमा अस्पतालमा ल्याउँदा बाहिरबाट चोट लागेको नदेखिएको र अवस्था सामान्य रहेको भनिएपछि बुधबार बिहान जानकीको उपचारकै क्रममा अस्पतालमा ज्यान गएको हो ।

जानकीका श्रीमान भने फरार रहेका छन् । घटनापछि नै फरार रहेका जानकीका श्रीमानको खोजी कार्य भइरहेको जनाएको छ । जानकीका श्रीमान ३÷४ महिनादेखि ससुरालमा पत्नीसँगै बस्दै आएको प्रहरीले जनाएको छ ।

जानकीका श्रीमान भारतमा रोजगारी गरी चार महिनाअघि मात्रै नेपाल फर्केका थिए । जानकीका दुई सन्तान छन् ।

प्रकाशित मितिः बिहिबार, अशोज ११, २०७५     7:52:15 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *