कोहलपुर/ बाँकेको कोहलपुरमा रहेको मितेरी बचत तथा ऋण तथा सहकारी संस्थाले आफ्नो दशौँ वार्षिक साधारण सभा मनाएको छ ।
सभाको संघीय सांसद महेश्वर गहतराज अथकले सहकारीका सात सिद्धान्त अनुसार सातवटा दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गहतराजले विगतको सहकारी नीति वास्तविक सहकारीकर्मीको हितमा नभएको र पहुँचवालाहरुको हित हुने खालको भएको हुँदा अहिलेको सहकारी नीति ग्रामीण भेगमा काम गर्ने र इमान्दारिताको पक्षमा बनेको बताए । साथै उनले समाजलाई स्वाबलम्वन र स्वरोजगार बनाउन सहकारीको भुमिका अतुलनिय रहेको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश सांसद कृष्णा केसी नमुनाले सहकारीले महिला दिदी बहिनीहरुलाई संगठित गर्ने काम गरेको बताउँदै सहकारीमा राम्रो भविष्य भएको हुँनाले सक्रिय भएर सहकारीमा लाग्न प्रेरित गरिन् । कार्यक्रममा सहकारीका संस्थाका उपाध्यक्ष डि.बी रावतले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सधारण सभामा संस्थाको आर्थिक वर्ष २०७४÷७५ को करिब ३ करोड १८ लाख १४ हजार ३० रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरिएको थियो । सो अवसरमा संस्थाले सहकारी संजाल कोहलपुर र रेडियो प्रतिवोध एफ. एमले आयोजना गरेको तिज विशेष कार्यक्रममा उत्कृष्ट स्थान प्राप्त गरी संस्थाको गरिमा बढाएको भन्दै सुमित्रा शाही पुजा चन्द, कमला घिमेरे र रोशनी शाहीलाई प्रशंसापत्र सहित प्रमुख तथा विशिष्ट अतिथिहरुबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्मा, राष्ट्रिय सहकारी बैंक कोहलपुरका प्रमुख किरण खत्री, सहकारी संजाल कोहलपुरकी कोषाध्यक्ष सुभद्रा शर्मा, सहकारी संञ्जाल बाँकेकी अध्यक्ष मिना सिग्देल, विभिन्न संघ संस्थाका प्रतिनिधि लयायतको सहभागिता रहेको थियो । कार्यक्रम सहकारी संस्थाकी अध्यक्ष गोमा शाहीको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्