23 June 2021  |   बुधबार, असार ९, २०७८

इस्लाम धर्मावलम्बीले ताजिया सेलाए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज ६, २०७५  

कोहलपुर/   मोहर्रम पर्वअन्तर्गत इस्लाम धर्मावलम्बीले शुक्रवार ताजिया सेलाएका छन् । बिहीबार रातीदेखि राखिएको ताजिया इस्लाम धर्मावलम्बीले कर्बलामा लगेर सेलाएका हुन् ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको छोरीको छोरा इस्लाम धर्मका संरक्षक धर्मगुरु हजरत इमाम हुसैनको सम्झनामा राखिएको ताजिया बाँकेको विभिन्न कार्बलामा लगेर सेलाइएको मौलाना जब्बार मन्जरीले बताए ।

हिजरीको पहिलो महिना मोहर्रमको १० तारिखका दिन इस्लामका संरक्षक धर्मगुरु हुसैनले इस्लाम धर्म बचाउने क्रममा इराकको बगदादस्थित कर्बलामा शहादत प्राप्त गरेको सम्झनामा इस्लाम धर्मावलम्वीले आआफ्नो घरमा राखेको ताजिया दोश्रो दिन सेलाउने चलन रहेको उनले बताए ।

इस्लाम धर्मका संरक्षक धर्मगुरु हुसैनले शहादत प्राप्त गरेको दिनको स्मरणमा ताजिया राख्ने प्रचलन रहेको मौलाना जब्बार मन्जरीले बताए । हिजरी सम्वत ६१ मा राजतन्त्र अर्थात खलिफा राज्यमा खलिफाको निधनसँगै उनका छोरा राजा भए र उसको वानी व्यहोरा तथा चरित्र ठीक नभएकोले मुस्लिम समुदायले विरोध गरिरहेका थिए ।

सोही विषयलाई लिए इराकको कर्वला मैदानमा ठूलो लडाईँ हुँदा हजरत मुहम्मदले निरंकुशता स्विकार नगर्ने भन्दै बरु आफ्नो प्राण त्याग गर्ने निक्र्योल निकालेका उनले निरंकुशता अन्त्य गर्न सफल गराए पनि आफ्नो प्राणको आहुती दिएको सम्झनामा हरेक बर्ष मोहर्रम पर्व मनाइने परम्परा बसेको इस्लाम धर्माका जानकारहरु बताउँछन् । आजभन्दा १४ सय वर्षपहिले निरकंश शासनविरुद्ध अभियान चलाएका हुसैनसँगै परिवारका ७२ जना सदस्य शहीद भएका थिए ।

प्रकाशित मितिः शनिबार, अशोज ६, २०७५     7:43:53 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *