20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज ५, २०७५  

कोहलपुर/  संविधान दिवस २०७५ को अवसरमा आयोजीत ‘संविधान कार्यान्वयनमा युवा विद्यार्थीहरुको भूमिका’ विषयमा सम्पन्न भएको अन्तर मावि स्तरीय वक्तृत्व कला प्रतियोगितामा विजयी तथा सहभागी विद्यार्थीहरुलाई र ‘नेपालको संविधान तथा यसले प्रत्याभूत गरेका नागरिक अधिकार’ विषयमा केन्द्रित रही स्थानीय पत्रिकामा प्रकाशित स्तम्भहरु मध्यबाट उत्कृष्ट स्तम्भ लेखकलाई प्रमाण–पत्र तथा पुरस्कार वितरण गरिएको छ ।

कोहलपुर नगरपालिका क्षेत्र भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरु मध्येबाट ७ सामुदायिक र १३ संस्थागत माविहरुले प्रतियोगितामा सहभागी रहेका थिए । सहभागी मध्येबाट नमूना विद्या सदनमा अध्ययनरत छात्रा शितल के.सी प्रथम , ज्ञानज्योति मावि चपरगौडीमा अध्ययनरत प्रतिक्षा वली द्वितीय, बालविद्या मन्दिरमा अध्ययनरत प्रतिक्षा रेग्मी तृतीय तथा तक्षशिला एकेडेमीमा अध्यनरत कमला शाही र सेन्च्युरी एजुकेशन स्कूलमा अध्ययनरत पूजा सिंहले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रथम,द्वितीय,तृतीय र सान्त्वना स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई २५ प्रतिशत करकट्टी हुने गरी क्रमशः रु ५ हजार रु ३ हजार रु २ हजार र रु १ हजार ५ सय नगर पुरस्कार सहित प्रमाण पत्र समेत वितरण गरिएको थियो । पुरस्कार तथा प्रमाण–पत्र वितरण गर्दै नगरस्तरीय संविधान दिवस समारोह समितिका संयोजक एवं कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतले विद्यार्थीहरुलाई पनि नेपालको संविधानका बारेमा जानकारी हुन सकोस् र उनीहरुले पनि संविधानका बारेमा आफूले जानेका कुरा अरु व्यक्तिहरुलाई पनि जानकारी गराउन सकुन् भन्ने उद्देश्यले संविधान दिवसको अवसर पारेर यस्तो प्रतियोगिताको आयोजना गरेको बताए ।

रावतले विद्यार्थीहरुले यस बारेमा राम्रो प्रस्तुती गरेकोमा खुसी व्यक्त गर्दै विद्यार्थीको प्रतिभा देखेर ती विद्यार्थी भविश्यमा असल नागरिक हुन सक्ने आशा खेखेको बताए । नगर शिक्षा , युवा तथा खेलकुद शाखा प्रमुख दान बहादुर विष्टले सहभागीताका लागि विद्यालय र विद्यार्थीहरुलाई धन्यवाद दिए । वक्तृत्वकला प्रतियोगिता मुल्याङ्कन शिक्षक खोपी राम वली र ललित प्रकाश चन्दले गरका थिए ।

कार्यक्रममा नगरकार्यपालिका सदस्य भीम बहादुर नेपाली , कोहलपुर नगरपालिका प्रेस सल्लाहकार भीम रावत ,निर्णायक मण्डलका शिक्षकहरु समेतले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रमको व्यवस्थापकिय सहजीकरण नगर शिक्षा शाखाका हेम कुमार रावत र कार्यक्रमको सञ्चालन दुर्गा प्रसाद बास्तोलाले गरेका थिए ।

प्रकाशित मितिः शुक्रबार, अशोज ५, २०७५     7:54:05 AM  |