15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

ज्ञानोदय सामुदायिक पुस्तकालयको नयाँ कार्यसमिति चयन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज १, २०७५  

कोहलपुर/   ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको १७औं वार्षिक साधारणसभा आइतबार कोहलपुरमा सम्पन्न भएको छ ।अधिवेशनलाई लक्षित गरी १ सय ३५ जना अबैध सदस्यता थप गरिएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय बाँकेमा मुद्धा परेपछि असार १९ गते सभा स्थगन भएको थियो ।

एउटा समुहले भने प्रक्रियागत भएको भन्दै यस अघि साधारण सभा गरी नयाँ कार्यसमति चयन गरिसकेको थियो । जिल्ला प्रशासन कार्यालय बाँकेको आधिकारीक पत्र प्राप्त गरेपछि आइतबार साधारण सभाको आयोजना गरिएको पुस्तकालयका सचिव विष्णु वेल्वासेले दाबी गरेका छन् ।

सचिव लगायत बहुसंख्यक सदस्यलाई पत्राचार तथा सार्वजनिक सूचना जारी नगरी गरिएको साधारणसभा मान्य नहुने भन्दै आइतबार पुनः साधारणसभा गरिएको हो । यस अघि सम्पन्न भनिएको साधारणसभाको सूचना माग गर्दा सूचना दिन आलटाल गरेकै कारण गत शुक्रबार पत्रकार पुजन विश्वकर्मा पुस्तकालय अगाडी सडकमा धर्ना समेत बसेका थिए ।

कोहलपुर क्षेत्रको एक मात्र सामुदायिक पुस्तकालयमा यस क्षेत्रमा क्रियाशिल पत्रकार, साहित्यकार, प्राज्ञिक व्यक्तित्व समेत सदस्य रहेको पुस्तकालय राजनैतिक सिकार हुँदै आएको जानकारहरु बताउँछन् । साधारणसभामा विभिन्न दलका प्रतिनिधि, समाजसेवी, आजिवन सदस्य, पत्रकार, साहित्यकार लगायत पुस्तकालयप्रति आस्थावान व्यक्तिहरुको उपस्थितिमा बाँके क्षेत्र नं. २ ‘ख’ प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले आइतबार साधारण सभाको उद्घाटन गरेकी थिइन् ।

उद्घाट शत्रमा बोल्दै प्रमुख अतिथि नमुनाले अध्ययन र सूचनाको स्रोत प्राप्त गर्ने

 

साझा थलोलाई राजनैतिक चक्रब्यूमा पार्न नहुने बताइन् । संस्थाहरु सह

 

मती र सहकार्यमा जाँदा समाजलाई फाइदा पुग्ने बताउँदै प्रदेश सभा सदस्य नमुनाले साझा संस्थामा सरकार पक्ष र प्रतिपक्षको अभ्यास हुन खोज्नु दुखद भएको बताइन् । आफु जिल्ला प्रशासन कार्यालयले यस अघिका सम्पूर्ण चुनावी कार्यक्रमहरु अबैधानिक भएको जानकारी दिएकाले उद्घाटन शत्रमा उपस्थित भएको र कसैले राजनैतिक ध्यये दिए आफुलाई मान्य नहुने बताइन् ।

उद्घाटन सत्रमा बोल्दै नेपाल मजदुर किसान पार्टीका नेता गोमा शाहीले पुस्तकालयलाई कुनै एक पार्टीको क्रिडास्थल बनाएको आफुहरु स्वीकार्य नहुने बताउँदै संस्था बनाउँदा सर्वदलिय बनाउने तर संस्थागत गर्दा एकलौटी गर्ने प्रवृतिको चिरफार गर्न जरुरी रहेको बताइन् । उनले कानुनी उपचार खोजेरै भएपनि अबैध रुपमा पेलेरै बनाइएको समिति खारेज गरिनुपर्ने बताइन् ।

 

राष्ट्रिय जानमोर्चाका भिम देवकोटा पुस्तकालय सबैको साझा संस्था भएकोले यस कुनै एक पार्टीको थलो नबनाई सबैको प्रतिनिधित्व हुने गरी अगाडि लैजानु पर्ने सुझाव दिए । पूर्णिमा साहित्यिक प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार महानन्द ढकालले पुस्तकालय बुझेको र लेख्नेहरुको थलो भएको उल्लेख गर्दै पूर्णिमाले चाहेमा पुस्तकालयलाई ५ हजार बढि पुस्तक संकलन गर्न सक्ने बताए । २ पटक एउटै पुस्तकालयको साधारणसभामा एकै प्रकृतिका आसनग्रहण र मन्तब्य दिँदै गरेकोप्रति ब्यङ्ग्य गर्दै अध्यक्ष ढकालले पुस्तकालय र शैक्षिक संस्थामा राजनीतिको चश्मा झिकेर मात्र आउन सम्बन्धित सबैलाई आग्रह गरे ।

 

 

पुस्तकालयका पूर्व उपाध्यक्ष भोलानाथ शर्मा, समाजसेवी प्रेम भुषाल, शैक्षिक अभियन्ताद्धय होमप्रकाश सुवेदी वक्ताहरुको मन्तव्यसँगै सम्पन्न साधारण सभाले संस्थाको आर्थिक प्रतिवेदन बाहेकका अन्य प्रतिवेदनहरु सर्वसम्मतले पारित गर्दै हरिभक्त अधिकारीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

 

जसको उपाध्यक्षमा संगिन शर्मा, सचिवमा बलबहादुर खड्का, सह सचिवमा माया गौतम, कोषाध्यक्षमा बिनोद पौडेल सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा सुरेन्द्र बहादुर थापा, कृष्णा कुमारि चालिसे, टंक लामिछाने, निर्मला सुनार, दिपक राई, डा.देबेन्द्र आचार्य र बद्री ढकाल रहेका छन् ।

त्यसैगरी संस्थाको संरक्षकहरुमा होमप्रकाश सुवेदी, भिम प्रसाद देवकोटा, गौरिकान्त आचार्य, प्रेम भुषाल र सावित्रा पुन चयन भएका छन् । साधारणसभाले पुजन विश्वकर्मा, नरेन्द्र पाण्डे, बलराम भट्टराई, विष्णु प्रसाद बेल्वासे, गोमा शाही, बालकुमारी आचार्य र रेणुका खड्कालाई संस्थाको सल्लाहकारमा चयन गरेको छ ।
आइतबार सम्पन्न साधारण सभाले बिभिन्न उप–समितिहरु समेत गठन गरेको छ । संस्थामा व्यापक आर्थिक अनियमितता देखिएको भन्दै त्यसको छानविनका लागि हेमविक्रम जि.सी.को संयोजकत्वमा निरक शाही, कबिन्द्र अधिकारी र अम्बिका धिताल सदस्य रहेको आर्थिक हिनामिना छानविन उपसमिति गठन गरिएको छ । त्यसैगरी तेजप्रसाद चापागाँईको संयोजकत्वमा पुस्तक संकलन उपसमिति समेत गठन गरिएको छ । जसको सदस्यहरुमा टेक बहादुर शाही, गिता सुनार, झग्गु थारु र तिलक कार्की चयन भएका छन् ।

त्यसैगरी खिलप्रसाद भुषालको संयोजकत्वमा माया गौतम, शेषकान्त चापागँई, अन्जना धिताल, टोपराज जैशी, अन्जीर बहादुर शाही सदस्य रहने गरी स्रोत व्यवस्थापन उपसमिति गठन गरिएको छ । साधारणसभाले अतिरिक्त क्रियाकलाप उपसमिति समेत गठन गरेको छ । जसको संयोजकमा शिव सुनार चयन भएका छन् भने सदस्यहरुमा क्रमशः शालिकराम लम्साल, बिनिता खड्का, बलराम देवकोटा र कमला पाण्डेलाई चयन गरिएको छ ।
पुस्तकालयका महिला सदस्य कल्पना अधिकारीको अध्यक्षतामा सम्पन्न साधारण सभाले विवादित १३५ जना साधारण सदस्यहरुको सदस्यता खारेज गर्ने निर्णय गरेको संस्थाका सचिव विष्णु प्रसाद बेल्वासेले जानकारी दिए ।
नव निर्वाचित पदाधिकारीहरुलाई असोज २ गते सपथग्रहण तथा पदभार गराउने कार्यक्रम रहेको निर्वाचन मण्डलका संयोजक जगतजङ्ग बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मितिः सोमवार, अशोज १, २०७५     8:24:51 AM  |