20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

थारु समुदायले मनाए अटवारी पर्व

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज १, २०७५  

कोहलपुर/  पश्चिम नेपालका थारु समुदायले आइतबार हर्षोल्हासका साथ अटवारी पर्व मनाएका छन् ।

बाँके, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर लगायतका थारु समुदायले अटवारी पर्व मनाउने गर्दछन् ।

हरेक वर्षको कृष्ण अष्टमीपछि आइतबार पारेर यो पर्व मनाउने चलन छ । खासगरी थारु समुदायका पुरुषहरुले महिलाको सम्मानको लागि भनेर यो दिनलाई विशेष रुपमा लिने गरेका छन् ।

यस वर्षको दिन पानीसमेत नखाएर (निर्जला) ब्रत बस्ने गरिन्छ ।

किम्वदन्तीअनुसार दाङका थारु राजा दंगीशरण, पाण्डव र कौरवको बीचको युद्धका नायक भीमसँगसमेत जोडेर यो पर्वलाई मनाउने गरिएको छ । प्रदेश ७ मा प्रदेश सरकारले यो पर्वका अवसरमा आइतबार सार्वजनिक बिदा दिएको थियो ।

प्रकाशित मितिः सोमवार, अशोज १, २०७५     8:09:31 AM  |