23 June 2021  |   बुधबार, असार ९, २०७८

‘बाँके स्कुल आईडलको उपाधी कोहलपुरको कब्जामा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ ३१, २०७५  

कोहलपुर/  ‘बाँके स्कुल आईडल–२०७५’ को उपाधीमाथि कोहलपुरका विद्यालयहरुले कब्जा जमाएका छन् । नेपालगन्जस्थित बाटिका होटलमा सम्पन्न ग्राण्ड फिनालेमा १० वटा टिमलाई पछि पार्दै पञ्चमुखी माविले प्रथम स्थान हाँसिल गर्दै उपाधीमाथि कब्जा जमाएको छ ।

त्यस्तै कोहलपुरकै वेष्टर्न मावि द्वितीय तथा कोहलपुरकै लिटिल एन्जल्स मावि तृतिय भएका छन् । प्रतियोगितामा निकै कडा प्रतिस्पर्धाका बिच प्रथम स्थान हासिल गर्दै पञ्चमुखी माविले नगद १ लाख १ हजार र ट्रफी हात पारेको छ ।

यस्तै दोस्रो स्थान हासिल गर्दै वेष्टर्न मा.वि. ले ७१ हजार र तृतिय स्थानमा चित्त बुझाएको लिटिल एन्जल्स मा.वि. ले ५१ हजार नगद पुरस्कार सहित ट्रफि उचालेका छन् ।

विजेता टिमलाई नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि उमा थापा मगरले पुरस्कार वितरण गरेकी थिइन् । कार्यक्रममा बिभिन्न विधामा उत्कृष्ट ब्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।

‘कला र संस्कृति राष्ट्रको पहिचान’ भन्ने मुल नाराकासाथ पहिलो पटक आयोजना गरिएको ‘बाँके स्कुल आइडल–२०७५’ को ग्राण्ड फिनाले भब्यताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, भदौ ३१, २०७५     8:42:28 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *