नगदसहित जुवाडे पक्राउ



नेपलगन्ज/  नेपालगन्जको देवाफुलबारीमा जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् ।

गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा सात जनालाई नगद ११ हजार ९ सय २५ रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ परेका सातै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरिक्षक नारायण डाँगीले जानकारी दिए ।

वडा प्रहरी कार्यालय नेपालगन्जमा इन्चार्जको रुपमा प्रहरी निरिक्षक नारायण डाँगी आएपछि नगरमा जुवातास तथा लागु औषध लगायत अन्य अपराधिक घटना नियन्त्रणमा सक्रियता देखाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ १९ गते मंगलबार