18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ १९, २०७५  

बर्दिया/  बर्दियाको बाँसगढीमा ट्रकले साईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

पूर्व–पश्चिम महेन्द्रराजमार्ग अन्तर्तग बाँसगढी बजारचोकमा महेन्द्रनगरदेखि काठमाडौँ जाँदै गरेको ना ५ ख ९२१४ नम्बरको ट्रकले ठक्कर दिँदा साईकलमा सवार बढैयाताल–६ उच्च मैनापोखरकी अन्दाजी २१ वर्षीया शान्ति थारुको घटना स्थल मै मृत्यु भएको हो ।

साईकलमा सवार सोही ठाँउ निवासी अन्दाजी २२ वर्षीया उमेश चौधरी गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते चौधरीलाई उपचारको लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय बाँसगढीले नियन्त्रण लिएको छ । साईकलले सडक पार गर्ने क्रममा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, भदौ १९, २०७५     7:33:55 AM  |