मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ १३, २०७५
कोहलपुर/ जिल्ला ट्राफिक प्रहरी कार्यालयबाँकले सडक दुर्घटना न्यूनिकरणका लागि नेपालगन्ज कोहलपुर सडक खण्डको हवलदारपुर र पिपरीको विचमा दुर्घटना क्षेत्रको सांकेतिक रुपमा बाईक स्केल्लेटन राखिएको छ ।
नेपालगन्ज कोहलपुर सडक खण्डमा दिनहुँ जसो दुर्घटना बढ्दै जान थालेपछि दुर्घटना भएको बाईक सांकेतिक रुपमा राखेर सचेतिकरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताए ।